global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल–भारत खुला सिमाना ‘बरदान’ : महतो

नेपाल–भारत खुला सिमाना ‘बरदान’ : महतो

नेपाल–भारत खुला सिमाना ‘बरदान’ : महतो

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महतोले नेपाल–भारतबीचको खुला सिमाना बरदान भएको बताएका छन् । नेपाल भारत खुला सिमा संवाद समूहले वीरगन्जमा गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘खुला सिमाना दुबै देशका लागी बरदान हो’ उनले भने, ‘यो बरदानलाई केही कुटनितिक गिरोहको आँखा लाग्यो ।’ नेता महतोले सिमामा हुने तस्करी, अपराधिक गतिवधि खुला सिमाको कारण नभई गैरजिम्मेवार सरकारी कर्मचारीका कारण भएको टिप्पणी गरे ।

उनले नेपाल – भारतको सम्बन्ध रोटी–बेटीको रहेकोले त्यसलाई कुनै पनि बहानामा बन्द गर्न खोजिनु ठिक नहुने बताए । नेता महतोले खुला सिमा भएको कारण अपराधिक घटना तथा तस्करी भए त्यसको उपाय सिमा बन्द गर्ने नभई अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

नेपाल–भारत प्रवुद्ध समूहले सार्वजनिक गर्न लागेको प्रतिवेदनले दुई देशको सिमामा रहेको सर्वसाधरण जनताको भावना र इच्छा विपरित रहेको आरोप लगाउँदै उनले सो प्रतिवेदनलाई राजपाले नमान्ने चेतावनी दिए ।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु