global ime bank Long Banner Ad

गृहपृष्ठ बाघको आक्रमणमा परी तीन घाइते

बाघको आक्रमणमा परी तीन घाइते

बाघको आक्रमणमा परी तीन घाइते

 

मंगलबार रामेछापमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन् । गाइको बाच्छो खाइरहेको बाघलाई लखेट्न खोज्दा बाघले आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी तीन जना घाइते भएका हुन् ।

रामेछापस्थित रामेछाप नगरपालिका–४ हिमगंगाको चिलाउने खर्कमा भएको उक्त बाघको आक्रमणमा परी रामेछाप नगरपालिकाका ६५ वर्षीय दलबहादुर बिक, ३२ वर्षीय छत्रबहादुर तामाङ र ४९ वर्षीय तेजबहादुर तामाङ घाइते भएका हुन् ।

रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापाले घाइते तीनै जनाको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु