global ime bank Long Banner Ad

गृहपृष्ठ सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य चाैकीमा तनाव

सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य चाैकीमा तनाव

सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य चाैकीमा तनाव

सुत्केरीको मृत्यु भएपछि पाँचथरस्थित एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका-३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका-३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।

मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ ।

स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने बताए ।

स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् ।

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु