गृहपृष्ठ विशिष्ट व्यक्ति विरुद्ध भण्डाफोर अभियान
विशिष्ट व्यक्ति विरुद्ध भण्डाफोर अभियान
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले विशिष्ट व्यक्ति विरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । बिहिबार अभियानका संयोजक स्वागत नेपालले पत्रकार सम्मेलन गरि असोज १६ गते बाट भन्डाफोर अभियान चलाउने जानकारी गराएका हुन् ।
उनले १६ गते नुवाकोटको जगंलमा रहेको मध्यविन्दु स्तम्भबाट माटोको टीका लगाएर अभियान सुरु गर्ने बताए । अभियान नेपालले पूर्व विशिष्ट कर्मचारी, नेता, पत्रकार तथा कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका १२ वटा माग गरेको छ ।
अभियान नेपालले सम्पत्ति सार्वजनिक गर्दा स्रोत देखाउन नसके सबै सम्पत्ति राष्ट्रिय उत्पादनमा लागाउनुपर्नेमा जोड दिएको.छ । कुनै पनि पेशमा नरेका नेताको हिजाको तुलनामा आज धेरै फरक देखिएकाले छानबिन गर्नुंपर्ने संयोजक नेपालले बताए ।
विशिष्ट व्यक्तिको सम्पत्ति सरकारले सार्वजनिक गर्न नसके अभियानले घोषणा गर्ने संयोजक नेपालले चेतावनी दिए । अहिलेको संविधानले देशको विकास नहसुने भन्दै उनले संविधानको खाका समेत बनाउने बताए ।
प्रकाशित समय : २१:३१ बजे



















