global ime bank Long Banner Ad

गृहपृष्ठ नवलपरासीमा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, ३२ घाइते

नवलपरासीमा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, ३२ घाइते

नवलपरासीमा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, ३२ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसचालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु