global ime bank Long Banner Ad

गृहपृष्ठ मृत भेटिए शिक्षक

मृत भेटिए शिक्षक

मृत भेटिए शिक्षक

नुवाकोटको दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् ।

दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममा हराएकोमा घर नजिकै बाँसबोटे भन्ने जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

उनको शरीरको विभिन्न अंगमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएको भन्दै घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु