गृहपृष्ठ सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सहकार्य
सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सहकार्य
ललितपुरको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंकबीच स्वास्थ्य प्रबर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्ने भएको छ ।
मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र बैंकका चिफ मार्केटिङ्ग अफिसर रञ्जन खड्काले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । महाप्रबन्धक रिमालले स्वस्थ मानिसले आर्थिक उपार्जन र सक्रिय व्यवसायिक जीवन जीउने भएकाले अस्पतालले बैंकहरुसँग सहकार्यको पहल गरेको बताए । रिमालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वस्थ नेपाली अभियानलाई मूर्त रुप दिन बैंकहरु सहयोगी हुने विश्वास व्यक्त गरे ।

सेञ्चुरी बैंकका चिफ मार्केटिङ्ग अफिसर खड्काले बैंकका लाखौ ग्राहकहरुले नेपालकै उत्कृष्ट अस्पतालमा सुविधायुक्त उपचार पाउने सम्झौता भएकामा खुसी व्यक्त गरे । बैंकले आफ्नो कर्मचारीहरुको रोजगार पूर्व स्वास्थ्य परीक्षण, वार्षिक स्वास्थ्य परीक्षण तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवाका लागि अस्पतालसँग दीर्घकालीन सहकार्य गरिने बताए ।
प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा आएको विकास र अत्याधुनिक प्रविधि तथा उपकरण सहितको अस्पतालसँग सहकार्य गर्न पाएकोमा बैंकले खुशी व्यक्त गरेकोे छ । देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालले सम्झौतामार्फत सहुलियत सेवा सहित विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक रिमालको छ ।
प्रकाशित समय : ०२:२९ बजे



















