global ime bank Long Banner Ad

गृहपृष्ठ साफ च्याम्पियनसिप : बंगलादेशलार्इ २–० ले हराउँदै नेपाल सेमिफाइनलमा

साफ च्याम्पियनसिप : बंगलादेशलार्इ २–० ले हराउँदै नेपाल सेमिफाइनलमा

साफ च्याम्पियनसिप : बंगलादेशलार्इ २–० ले हराउँदै नेपाल सेमिफाइनलमा

आयोजक बंगलादेशलार्इ २–० गोलले हराउँदै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोलीलार्इ सुरुदेखि नै दबाबका राख्दै जित हात पारेको हो ।

अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलको ३३औं मिनेटमा विमल घर्तीमगरले नेपाललाई अग्रता दिलाए ।

दोस्रो हाफको ५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काको प्रहार बारमाथिबाट बाहिरियो ।

विपक्षीको पोस्टमा एकपछि अर्को आक्रमण गरेको नेपालका लागि अन्तिम मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले थप गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६-६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको चार गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोलअन्तरका आधारमा समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।

पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित समय : ०३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु