गृहपृष्ठ तीन युवती दुई सातादेखि बेपत्ता
तीन युवती दुई सातादेखि बेपत्ता
नुवाकोटको तादी गाँउपालिका उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि बेपत्ता भएका छन् ।
गत भदौ १८ गते तादी खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्रा हेर्न गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसँग सहयोग मागेका छन् ।
काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उनकी फुपू १७ वर्षीया सम्झना तामाङ र १७ वर्षीया हसिना भनिने माया तामाङ हराइरहेका हुन् । जात्रामा गएपछि छोरी सम्पर्कमा नआएको शर्मिलाका बुबा सोम्बरबहादुर तामाङको भनाइ छ । दलालले ललाइफकाइ भारततर्फ बेचबिखनमा लगेको हुनसक्ने भन्दै परिवारले दिएको सूचनाको आधारमा प्रहरीले सीमाक्षेत्रमा खोजी तीव्र बनाएको छ ।
जिल्ला प्रहरी प्रमुख, उपरीक्षक वसन्त कुँवरको अनुसार हराएकामध्ये दुईको मोबाइल ‘लोकेशन’ भारतीय सीमाक्षेत्रसम्म पुगेको देखिएको र खोजीको लागि प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित समय : १७:१३ बजे

















