गृहपृष्ठ नवनियुक्त प्रधानसेनापति थापालाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रधानसेनापति थापालाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रधानसेनापति थापालाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । शीतल निवासमा आइतवार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् ।

थापाले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजैदेखि नेपालको ४३औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

२०१७ सालमा लमजुङमा जन्मिएका थापाले २७ मंसिर २०३७ मा सेनाको गोरखबहादुर गणमा सहायक सेनानीमा नियुक्त भएर काम गरेका गिए ।
मन्त्रिपरिषदले गत भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु