global ime bank Long Banner Ad

गृहपृष्ठ ‘पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती’

‘पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती’

‘पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती’

सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन् । नयाँ मिडिया प्रा.लि.ले बुधबारदेखि सुरु गरेको नयाँ पाइला अनलाइनको शुभारम्भ गर्दै महराले भने, ‘संघीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित गर्यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।’

संविधान गतिशील दस्तावेज भएकाले समय र आवश्यकतानुसार संशोधन हुँदै जाने विश्वास पनि उनले व्यक्त गरे । उनले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सबैलाई आह्वान गरे । सभामुख महराले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेको बताउँदै आर्थिक समृद्धिको यात्रामा अबको पत्रकारिताले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद योगेश भट्टराईले संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी नयाँ कानुन नआउने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता हनन नहुने बताए । अर्का सांसद तेजुलाल चौधरीले संविधानप्रति सबैको अपनत्व गराउनका लागि ध्यान दिन आग्रह गर्दै संविधानप्रदत्त अधिकारमाथि कहीँकतैबाट अंकुश लगाउन नहुनेमा जोड दिए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन नहुनेमा जोड दिँदै अबको पत्रकारितालाई थप व्यावसायिक बनाउन जरुरी रहेको बताए ।

‘नयाँपाइला डट कम’का प्रधानसम्पादक एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आफ्नो अनलाइनले समाज रुपान्तरणमा समाचार, विचार र सूचना पाठकसमक्ष पु¥याउने जानकारी दिँदै आफ्ना लागि आफूले नै स्वनियम बनाएको बताए । महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले स्वतन्त्र पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गरे । नयाँ मिडिया अनलाइनका अध्यक्ष श्यामलाल चौधरीले पत्रकारिता आचारसंहितालाई पालना गर्दै आगामी दिनमा आफ्नो अनलाइनले विश्वसनीय सामग्री पस्किने विश्वास दिलाए ।

प्रकाशित समय : २३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु