global ime bank Long Banner Ad

गृहपृष्ठ संविधान दिवसमा माइतीघरमा राष्ट्रिय झण्डा फहराइयो

संविधान दिवसमा माइतीघरमा राष्ट्रिय झण्डा फहराइयो

संविधान दिवसमा माइतीघरमा राष्ट्रिय झण्डा फहराइयो

संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ ।

तत्कालीन नेकपा (एमाले)निकट युवा संघ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौंको माइतीघर मण्डलमा १०० मिटर लामो झण्डोत्तलन गरेका हुन् ।

योग्य तथा दक्ष युवा विदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संगठनका नेताले रोजगारमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकाले त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै संविधानमा कहीँ कतै कमजोरी भएमा आपसी छलफल तथा संवाद्को माध्यमबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अधिकार लिपिबद्ध भएको दिनमा मुलुकलाई समृद्धिको बाटामा अघि लानुपर्ने बताए । अध्यक्ष पौडेलले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, जनतासमेत लाग्नुपर्नेमा जोड दिए ।

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले वर्तमान संविधानले महिला, दलित, अल्पसंख्यक, पिछडिएको वर्गलगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको उल्लेख गर्दै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउन नहुने बताए ।

प्रकाशित समय : २३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु