काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रिचार्जरमा मोबाइल किन्दा खसी उपहार

10.47K
shares

नेपालीहरुको महान चाड बडादसैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाइल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई यसपालिको दसँैमा रिचार्जरले खसी उपहार दिने भएको हो ।

‘दशँैको खसी घरमै बसी बसी’ योजना असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्नुपर्नेछ । यसअवधिमा एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथामार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गर्ने कम्पनीले नजाएको छ ।