काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनसीसी बैंकको १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित

12.83K
shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभाले १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

साधारण सभाबाट संस्थापक समूह ‘क’बाट तीन र सर्वसाधारण समूह ‘ख’बाट एक महिलासहित तीन जना गरी जम्मा छ जना सञ्चालकको निर्विरोध चयन गरेको छ । समूह ‘क’बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् । त्यसैगरी समुह ‘ख’बाट निर्वाचित हुनेहरुमा चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान रहेका छन् । सञ्चालकहरुको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको बैंकले जनाएको छ ।

साधारण सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयरपश्चात यस बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ । हाल बैंकले ७ वटै प्रदेशमा गरी १२७ शाखा र १०२ वटा एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ ।