भ्रष्टाचार आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ
वि.सं.२०७५ मंसिर २० बिहीवार २३:०३
shares

सर्वोच्च अदालतले भ्रष्टाचार आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बोहोरालाई बिहीबार सफाइ दिएको हो ।
यसअघि विशेष अदालतले उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी ५३ लाख ६२ हजार बराबर असुल हुने फैसला सुनाएको थियो । तर, बोहोराले अकुत सम्पत्ति नजोडेको ठहर गर्दै सर्वोच्चले सफाइ दिएको हो ।

























