काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो- बजार निर्माताका सम्बन्धमा के भइरहेको छ ?

14.07K
shares

नेपाल धितोपत्र बोर्डले बजार निर्माता/डिलरलाई पुँजीबजारमा प्रवेश गराउने विषयमा नेपाल स्टक एक्सचेन्जसँग जानकारी माग गरेको छ । अनलाइन सेयर कारोबार सुरु भइसकेको परिप्रेक्ष्यमा बजार निर्माताको आवश्यकता महसुस गर्दै बोर्डले बजार निर्माता/डिलरलाई प्रवेश गराउन भइरहेको तयारी सम्बन्धमा नेप्सेसँग जानकारी मागेको हो ।

धितोपत्रको खरिद तथा बिक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोबार गर्न तथा धितोपत्रको अन्डरराइटिङसमेत गर्ने गर्छ । धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पुँजीबजारको गतिशील विकासमा सहयोग पुग्ने प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डको आव २०७५/०७६ को नीति तथा कार्यक्रममा पुँजीबजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता/डिलरलाई पुँजीबजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने उल्लेख छ ।