काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंकरलार्इ अर्थमन्त्रीले भने- युवा जोश नदेखाउनुस्

12.2K
shares

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकर्सलार्इ व्याजदरमा प्रतिश्पर्धा नगर्न सचेत गराएका छन् । बिहीबार नेपाल बैंकर्स् संघको ३२ औं वार्षिक साधारण सभालार्इ सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्र विस्तारै सही दिशातर्फ लम्कँदै गरेको अवस्थामा बैंकहरूले व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्न खोजेको भन्दै त्यसो नगर्न अर्थमन्त्रीले सचेत गराए । व्यजदरमा अस्वस्थ प्रतिस्पर्धा भएमा त्यसले सही परिणाम नदिने भन्दै उनले बैंकर्सहरूलार्इ त्यसो नगर्न सचेत गराएका हुन् । बैंकर्स संघको ३२ औं साधारणसभालार्इ लक्षित गर्दै उनले युवा जोश नदेखाउन पनि सुझाए ।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको आर्थिक र मौद्रिक नीतिभन्दा बाहिर नजान आग्रह गरे । सरकारले निर्माण गरेको नीतिभन्दा बाहिर गए त्यसले राम्रो नगर्ने उनको भनार्इ थियो ।

डा. नेपालले व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भए ट्रयाकमा हिडिरहेको अर्थतन्त्रमा नकारात्मक असर गर्ने भएकाले त्यसलार्इ राष्ट्र बैंकले उन्मुक्ति नदिने बताए । बैंकलार्इ नाफाको पछि मात्र नदौडन आग्रह गर्दै डा. नेपालले भने, ‘व्यापार गर्ने भए बैंक बन्द गरेर व्यापारमा लाग्नुस् ।’

ब्याजदरलाई लिएर बैंकहरुबीच भइरहेको प्रतिस्पर्धाप्रति चर्को असन्तुष्टि जनाउँदै डा. नेपालले भने, ‘मैले जे भनेको छु यो कुरालाई गम्भीर रुपमा लिनुहोला नभए राष्ट्र बैंकले छाड्ने छैन ।’

नेपाल बैंकर्स संघले एभरेस्ट बैंकका अध्यक्ष बीके श्रेष्ठलाई सम्मान गरेको छ। संघको ३२ औं बार्षिक साधारणसभाको निर्णयअनुसार बैंकिङ क्षेत्रमा करिब ३० बर्ष रहेर योगदान गरेबापत श्रेष्ठलाई सम्मान गरिएको अध्यक्ष ग्यानेन्द्र ढुंगानाले जानकारी दिए ।

दरबार्गस्थित होटल अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा श्रेस्ठलाई अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरन्जिबी नेपालले सम्मान गरेका हुन् ।