काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्रिश्चियन धर्मगुरु पोपले युएईको भ्रमण गर्दै

15.2K
shares

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस आउँदो फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने भएका छन् ।

क्रिश्चियन र इस्लाम धर्माबलम्वीहरूको सम्वन्धलाई थप मजबुत र सौहार्दपूर्ण बनाउनका लागि पोपले मुसलमान समुदायको राष्ट्र युएइको भ्रमण गर्न लागेको समाचारमा जनाइएको छ ।
अरब प्रायद्वीपको भ्रमण गर्ने उनी पहिलो पोप हुने भेटिकनले बिहीबार जनाएको छ । आउँदो डिसेम्बर १७ तारिखका दिन ८२ बर्ष पुग्ने पोपले यसअघि अन्य केही इश्लामिक देशहरुको पनि भ्रमण गरेका थिए ।

सन् २०१४ मा टर्की, २०१६ मा अजरबैजान र २०१७ मा इजिप्टको भ्रमण गरेका थिए । त्यसैगरी आउँदो मार्चमा मोरोक्कोको भ्रमण गर्ने पोपको तालिका छ । युएइको भ्रमणका क्रममा फ्रान्सिस फेब्रुअरी ३ देखि ५ सम्म हुने अन्तर्राष्ट्रिय ‘इन्टरफेथ’ मा पनि सहभागी हुने कार्यक्रम छ ।