सिटीसी मोबाइल मेलामा ल्यापटप र एप्पलका ग्याजेट्समा ग्राहकको भीड
वि.सं.२०७५ मंसिर २१ शुक्रवार १८:३८
shares

सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाइल हबले मंसिर २० गतेदेखि सञ्चालनमा ल्याएको मोबाइल एक्सचेन्ज मेलामा ग्राहकको भीड लागेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको भीड बढेको हो ।
ग्याजेट पारखीहरुले एक्सचेन्ज मेलामा आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आइफोन, आइप्याड, म्याकलगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै मोबाइल एक्सचेन्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा पाउने अफरले पनि मेलाको आकर्षण बढाएको हो ।
नौ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने मोबाइल मेलामा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुकलगायतका सामान किन्न सकिन्छ ।
‘मेलामा जस्तोसुकै पुरानो मोबाइलको पनि उचित मूल्य पाउनुका साथै सट्टापट्टा पनि गर्न सकिन्छ,’ सिटीसी मोबाइल हबका प्रबन्धक जीवन श्रेष्ठले भने, ‘मेलामा विश्वबजारमा पाइने सबै ब्रान्डका मोबाइल, ल्यापटप, क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’
मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टु फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइनेछ । निःशुल्क पार्किङको व्यवस्था गरेको मोबाइल हबले अवलोकनकर्तालाई लक्की ड्र बाट आकर्षक उपहार वितरण गर्ने जनाइएको छ ।
मेलामा राखिएको गल्फमा तीन स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउनेछन् भने चार स्कोर गर्नेले आफूले खरिद गरेको अर्को एउटा सामान सित्तैमा पाउनेछन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ ।
सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस, नोकिया, कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्रान्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप र म्याकबुक आइप्याड मोबाइल हबका आकर्षण हुन् ।

























