काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुआब्जा नपाएपछि सडक अवरुद्ध

8.38K
shares

जुम्लादेखि डोल्पा जोड्ने सडक अन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् ।

वर्षौंदेखि मुआब्जाका लागि पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध गर्नुपरेको हो,’ जग्गाधनी मयालाल देवकोटाले बताए । उनले भनेर्, जिल्ला प्रशासन, नगरपालिका, जिल्ला समन्वय समितिमा धाउँदा पनि क्षतिपूर्ति पाएनौँ, सडकमा दुई दर्जन बढीको जग्गा क्षति भएको छ तर मुआब्जा दिन कसैको ध्यान गएन ।’

सरोकारवालाबीच पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिका प्राविधिकसहितको टोलीले क्षति मूल्याङ्कन गरेको बताइएको छ । सात जनाको हजार वर्ग्मिटर जग्गा क्षति भएको जनाइएको छ ।

मुआब्जालाई चन्दननाथ नगरपालिकाले रु ५३ लाख र गुठीचौर गाउँपालिकाले रु ४० लाख व्यवस्थापन गर्ने भने पनि व्यवस्थापन नभएको जग्गाधनी दिनेश सुनारले बताए । यसै हप्ता टुङ्गो नलागे दानसाँघुकै तीला नदी नजिकैको सडक बन्द गर्ने स्थानीय जग्गाधनीले चेतवानी दिए ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार दानसाँघुको विवादित जग्गाको मुआब्जा आफ्नो क्षेत्रमा नपरेकोले रकम दिन नसकिएको बताए । चन्दननाथ नगरपालिकाभित्र पर्ने भएकाले गुठीचौर गाउँपालिकाले मुआब्जा दिँदा बेरुजु रहने भएकोले दिन नसकिने अवस्था रहेको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीका अनुसार सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर छलफल गरी विवाद टुङ्याएर सडक सञ्चालनमा ल्याउने पहल भएको बताए ।
(रासस)