काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भक्तपुरका सांसद महेश बस्नेतले एक वर्षमा के–के गरे ?

17.43K
shares

प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले चारवर्षमा भक्तपुरलाई नमुना जिल्ला बनाउने उद्घोष गरेका छन् ।  निर्वाचित भएको एक वर्ष पूरा भएको सन्दर्भमा उनले आफूले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको एकवर्षे कार्यकाल भक्तपुरको विकास र समृद्धिका लागि खर्चेको दाबी गरे ।

गत असार २७ गते बाढीबाट डुबानमा भएको क्षति न्यूनीकरण गर्न भूमिका निर्वाह गरेको, ८१ करोड रूपैयाँको लागतमा हनुमन्ते करिडोरको पहिलो चरणको कार्य थालनी भएको, ढल व्यवस्थापनदेखि सौर्य बत्ती जडानको अभियान शुरु गरेको, हनुमन्ते नदी सरसफाइ अभियानले ४० हप्ता पार गरेको र अरनिको राजमार्ग व्यवस्थित तथा सुरक्षित बनाउन राजमार्ग सरसफाइ अभियान सञ्चालन गरेर उपलब्धि गरेको उनके दाबी छ ।

आफ्नो एक वर्षे कार्यकालमा मध्यपुरथिमिको गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनु, कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढ्नु, पेप्सीकोला–सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्यविनायकदेखि धुलिखेलसम्मको छ लेनको सडकलगायत सडक सञ्जाल निर्माणकार्य अगाडि बढ्नु, मनोहरा खोलामा तीन तथा हनुमन्ते नदीमा पाँच वटा पुल निर्माण तथा जिल्लामा विभिन्न नौ पुल र तीन झोलुङ्गे पुल, चार ट्रष्टब्रिज बनाउने कार्य अगाडि बढ्नु आफ्नो कार्यकालको उपलब्धि भएको उनको भनाइ छ ।

सांसद बस्नेतले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण र मध्यपुरथिमिको बालकुमारी, चपाचो, बोडे, नगदेश तथा सूर्यविनायकको सम्पदा एवं बस्ती व्यवस्थापन गर्न स्रोत व्यवस्थापन गर्न आफुले पहल गरेको बताउँदै भूकम्पबाट क्षतिग्रस्त १४ विद्यालय र २२ मठमन्दिर, गुम्बा निर्माण प्रक्रियालगायत अगाडि बढेको बताए ।

चालू आर्थिक वर्षका लागि सांसद विकास कोषको लागि विनियोजित रु चार करोड रकम भक्तपुर क्षेत्र नं २ अन्तर्गतका दुई नगरपालिका सूर्यविनायक तथा मध्यपुरका विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रूपमा विनियोजन गरिएको उल्लेख गर्दै उनले आगामी चार वर्षमा भक्तपुरको विकासमा आफ्नो समय खर्चने प्रतिबद्धता जनाए ।  (रासस)