काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको तयारी पूरा

14.51K
shares

नेपाल पर्वतारोहण संघको आयोजनामा सोमबारदेखि पोखराको रातो पहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय (क्षेत्रिय म्युजियम) मा हुने अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको तयारी पूरा भएको छ । मंसिर २६ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको तयारी पूरा भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनकारी गराइएको हो ।

डिसेम्बर ११ अर्थात अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा संघले महोत्सवमा हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक, नाचगान र झाँकी तथा खेल पर्यटनको समेत विकास गर्ने उद्देश्यले यस बर्ष नेपाली धावक बैठुकण्ठ मानन्धरको नाममा एन.एम.ए.बैकुण्ठ मानन्धर हिमालयन हाल्फ म्याराथन आयोजना गर्ने भएको संघका महासचिव कुल बहादुर गुरुङले बताए ।

पाँचौं संस्करणको उक्त महोत्सव प्रभावकारी बनाउन हाल्फ म्याराथन सहितका विभिन्न खेलकुद प्रतियोगिताहरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महिलाहरुको लागि १० किलोमिडर सडक दौड हुने भएको छ । पुरुष तर्फ हाप म्याराथन बिजेताले ५० हजार उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ । १० किलो मिटर महिला दौडमा विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

त्यसै गरी एन.एम.ए.हिमालयन साईक्लिङ प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका विजेतालाई २५ हजार उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने भएको छ । महोत्सवको अवसरमा एन.एम.ए. टोनी हेगन टुरिजम पेन्टीङ प्रतियोगिता, रस्सा कसि प्रतियोगिता, छेलो प्रतियोगिता समेत हुने भएको छ ।  महोत्सवम खानाका विभिन्न परिकारलाइ समेत पुरस्कृत गरिने भएको छ । खानामा प्रथम हुनेलाइ १० हजार, दोश्रो हुनेलार्ई ७ हजार र तेश्रो हुनेलाइ ५ हजार पुरस्कारको व्याबस्था गरने भएको संघका महासचिव गुरुङले जनाए ।

नेपाल पर्यटन बोर्डको मुख्य प्रायोजक रहेको छ भने डिसेम्वर ११ अर्थात मंसिर २५ गते विश्व प्रसिद्ध हिमाल आरोहीहरुलाइ सम्मान गरिने भएको संघका अध्यक्ष सन्तविर लामाले बताए । विज्ञान, प्रबिधि, खानाको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय बस्तुहरुको समवेश गरी महोत्सवमा ४० वटा स्टलहरु उपलब्ध गराउने भएको अध्यक्ष लामाले जनाए । महोत्सवमा स्टल तथा दर्शकले प्रबेश गर्दा निःशुल्क व्याबस्था गरिएको संघले जनाएको छ ।

उक्त महोत्सव सम्पन्न गर्न करिब ८० लाख खर्च लाग्ने भएको संघले जनाएको छ ।

संघका केन्द्रिय सल्लाहकार गणेश गुरुङले पोखरामा मानवर्निमित पर्यटकीय गन्तव्य पर्वतीय संग्राहलय भएकोले यसको प्रबद्र्धन गर्न पनि महोत्सवलाई निरन्तरता दिनु परेको बताए ।  अन्नपूर्ण च्याप्टर पोखराका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले अझै पनि आफुहरुले उचित ढंगले संग्राहलयको प्रचार प्रसार गर्न नसकेको बताए । अन्तराष्ट्रिय पर्वतीय संग्रहालय (क्षेत्रिय म्युजियम) मा एकै दिनमा ३ हजार ७ सय ५० जनासम्म पर्यटकहरु आउने गरेको कार्यालय प्रमुख बलप्रसाद राईले बताए ।