‘जूनको खोजी’को विमोचन
वि.सं.२०७५ मंसिर २३ आइतवार ००:२९
shares

पुण्यवती पाठकद्वारा लिखित जूनको खोजी उपन्यासको शनिबार विमोचन गरिएको छ । बागबजारस्थित हार्दिक होटेलमा एक कार्यक्रम गरी उपन्यासको विमोचन गरिएको हो ।
‘सहयात्री दर्पण’ ले प्रकाशन गरेको उपन्यासको कलाकार निर शाहले गरेका हुन । ‘जूनको खोजी’ ले नेपाली समाजमा रहेको एकल महिला प्रतिको हेराई र उनीहरुले पाएको पीडाका चित्रण गरेको छ ।
उपन्यास पूर्णरुपमा काल्पनिक नभई लेखकको जीवनवृतात्तसँग सम्बन्धित रहेको पुण्यवतीले बताइन् । उपन्यासले जीवन पीडादेखि हार खाएर अन्तिम अवस्थामा मृत्यु रोज्ने मानिसलाई बाँच्नकालागी हौसला प्रदान गर्नेछ ।
आफूले एकल महिला हुँदाका पीडा र नेपाली समाजले आफूहरुलाई गरेको व्यवहारको सरल चित्रण गरेको उनको दावी छ । नेपाली साहित्यमा महिलाहरुको पीडाका र हेपिएका विषयमा कम मात्रामा लेखिएकाले आफूले लेखेको बताईन् । उपन्यास लेख्नुको पछाडी श्रीमानको ठूलो भूमिका रहेको उनले बताईन् ।

























