मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी–विद्यार्थीबीच झडप
वि.सं.२०७५ मंसिर २३ आइतवार २०:४७
shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द भएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन् । पठनपाठन संचालनको माग गर्दै विद्यार्थीहरुले आइतबार प्रदर्शन गर्नुकासाथै प्रजातन्त्रिक प्राध्यापक संघले लगाएको ताला तोडेका छन् । ताला तोडेपछि फरक–फरक धारका विद्यार्थीबीच झडप भएको छ । अनेरास्ववियु सुर्खेत जिल्ला सचिव विवेचना खनालले विश्वविद्यालयलाई राजनितीको अखडा बनाउन नहुने बताईन् । उनले भनिन् ‘कसैको पद जानु र आउनु हाम्रो सरोकारको विषय होइन । विद्यार्थी राजनीति एकातिर छ तर समग्रमा विद्यार्थीको भविस्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई छैन । ’
अर्का विद्यार्थी महेन्द्रकुमार थापाले विश्वविद्यालय एक राजनीतिक थलो मात्रै नभइ गरीब, जेहेन्दार विद्यार्थीको शैक्षिक संस्था हुनुपर्ने बताए । उनले भने ‘कसैको पदको लागी विद्यार्थी परिचालन गरेर आपसमा विद्यार्थी विद्यार्थीबीच द्वन्द गराउने नहुने बताए । विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्ल गत मंसिर २० गते निलम्मबनमा परेपछि नेविसंघ निकट विद्यार्थी तथा प्रजातान्त्रिक प्राध्यापक संघले आन्दोन गर्दै आएको छ । विश्वविद्यालयको केन्द्रिय कार्यालयमा ताला लगाइएको थियो ।
विश्वविद्यालयले विद्यार्थीहरुको मागलाई सम्बोधन नगरेकोले विगत ८० दिनदेखी आन्दोनल गर्न बाध्य भएको स्वतन्त्र विद्यार्थी युनियनका सदस्य रोशन बस्नेतले बताए । उनले भने, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्ललाई बिना कारण दुई तिहाई सरकारले निलम्बन गरेको विरोधमा विद्यालयको पठनपाठन बन्द गरेका हौं ।’ उनले रजिष्ट्रार मल्ललाई पदबहाली नगरेसम्म आन्दोलन जारी रहने बताए । त्यस्तै नेविसंघ नेता दिपकराज बिसीले विश्वविद्यालयले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा आन्दोलनमा उत्रनु परेको बताए ।

























