ए डिभिजन लिग : सरस्वतीको पोस्टमा एपीएएफको तीन गोल
वि.सं.२०७५ मंसिर २३ आइतवार २०:२५
shares

शहीद स्मारक ए डिभिजन लिग अन्तगर्त आइतबार भएको खेलमा एपीएएफ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा सरस्वती युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै एपीएएफ विजयी भएको हो । एपीएफका लागिरुपबहादुर लामाले दुई र युवराज खड्काले एक गोल गरेका थिए ।

























