काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झोलुंगे पुल जीर्ण हुँदा खुदी बजारबासीलाई सास्ती

13.88K
shares

मर्स्याङ्दी गाउँपालिका–३, खुदी बजारको पुरानो इतिहास बोकेको झोलुंगे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मर्स्याङ्दी गाउँपालिका ३ र ९ जोड्न झोलुंगे पुल जीर्ण हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

पुल जीर्ण हुँदा अन्नपूर्ण पदमार्गमा दैनिक ओहोरदोहोर गर्ने सयौँ पर्यटकलाई समेत सास्ती हुने गरेको छ । उत्तरी लमजुङ हुँदै मनाङसम्म यात्रा गर्ने पदमार्ग बाटो पनि यहीँ पर्छ ।

समेटिएका तत्कालीन ७ गाविसको हवसमेत रहेको बजारमा दैनिक सयौँको आउजाउ हुन्छ । खुदी वारीपारीका भुलभुले, बाहुनडाँडा, ताघ्रिङ, घेर्मुहुँदै मनाङसम्मका मानिस बेसीँसहर आउजाउ गर्ने बाटो यही पुल भएर हो तर, वर्षौंदेखि सञ्चालनमा आएको पुल मर्मतमा भने कसैले चासो नदेखाएका छैनन् ।

पाँच वर्षअघि झोलुंगे पुलको जीर्णोद्धारका लागि स्थानीयवासीले आवाज उठाए पनि हालसम्म पुलको अवस्था नाजुक हुँदै गएको छ । स्थानीयवासीको मागअनुसार तत्कालीन जिल्ला विकास समितिले अनुगमन गरी ट्रेलब्रिज सपोर्ट युनिट र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकको टोलीले गरेको स्थलगत अध्ययनले झोलुंगे पुल जोखिममा रहेको देखाएको थियो ।

प्रतिवेदनका आधारमा पुलमा आवतजावत गर्न रोक लगाइयो तर, यो नियम धेरै टिकेन पुनः सञ्चालन भयो । अहिले यही जीर्ण पुलबाट आवातजावत हुँदा समस्या भएको अमर मावि खुदीका प्रधानाध्यापक तीर्थ बस्नेतले दुखेको व्यक्त गरे । उनका अनुसार पुल मर्मतका लागि कहीँकतैबाट सुनुवाइ नै भएन । जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको भय निम्तिएको छ ।

पुलको मुख्य लठ्ठा खिया लागेर चुँडिन लागेको छ । बिच्छ्याइएका काठ कुहिएका छन् । झोलुंगे पुल कोल्टे बनेको छ । सोही पुल तरेर पैदलयात्रा गर्ने पर्यटकसमेत समस्यामा परेका छन् । हाल पुलमा एक पटकमा एक जनालाई मात्र आवतजावत गर्न दिइएको स्थानीयवासी बताउँछन् । (रासस)