दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ
वि.सं.२०७५ मंसिर २४ सोमवार १६:०१
shares

अवैध रुपमा भित्र्याइएको दुई किलो सुनसहित रसुवाको धुन्चेबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार निमा दोर्जे तामाङ आइतबार राति धुन्चेबाट पक्राउ परेका हुन् ।
उनको साथबाट दुई किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
























