गभर्नर पटेलको राजीनामाले सेयर बजारमा हलचल
वि.सं.२०७५ मंसिर २५ मंगलवार १७:५३
shares

भारतीय रिजर्भ बैंक (आरबीआई)का गभर्नर उर्चित पटेलले अचानक राजीनामा दिएपछि भारतीय राजनीतिसँगै आर्थिक वृत्तमा पनि तरंग पैदा भएको छ । उनको राजीनामापछि सेयर बजार र मुद्रामा गिरावट सुरु भएको छ । सोमबार साँझ पटेलले राजीनामाको घोषणा गरेपछि सेयर बजारमा त्यसको असर देखिएको हो ।
साताको पहिलो दिन करोबार सेन्सेक्स ७१३.५३ अंकले घटेर ३४९५९.७२ अंकमा पुग्दा बन्द भयो, जुन कुल २ प्रतिशतको गिरावट हो । यता नेसनल स्टक एक्चेन्ज अफ इन्डिया (निफ्टी)समेत २०५.२० अंकले घटेर १०४८८.५० मा बन्द भयो ।
मंगलबार पनि बजारमा गिरावट कायमै छ, सेन्सेक्समा ३०० अंकको गिरावट देखिएको छ भने निफ्टी करिब ९० अंकभन्दा तल चलिरहेको छ ।
पटेलको राजीनामाको असर भारतीय मुद्रामा पनि परेको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा १.३ प्रतिशतले घटेको छ ।
पटेलले व्यक्तिगत कारण भन्दै पदावधी सकिनुभन्दा १० महिना अघि नै सोमबार अचानक राजीनामा दिएका हुन् ।

























