भारतमा कांग्रेसका पूर्वसांसदलाई जन्मकैद
वि.सं.२०७५ पुस २ सोमवार १९:३१
shares

दिल्लीको सर्वोच्च एक अदालतले कांग्रेस आईका पूर्वसांसदलाई जन्म कैदको सजाय सुनाएको छ । पूर्वसांसद सज्जन कुमारलाई सन् १९८४ मा भएको सिख दंगा मामिलामा दोषी ठहर गर्दै अदालतले जन्म कैदको सजाय सनाएको हो । अदालतले उनलाई डिसेम्बर ३१ सम्म आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ ।
अदाले फैसलामा भनेको छ, ‘१९४७ मा विभाजनका क्रममा नरसंहार भएको थियो । ३७ वर्षपछि दिल्ली यस्तै एउटा घटनाको साक्षी बन्यो । अभियुक्तले राजनीतिक संरक्षणको फाइदा लिए र सजायबाट बच्दै गए ।’

























