काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदयपुरमा खाद्य महोत्सव, आन्तरिक पर्यटन प्रबर्द्धन हुने विश्वास

19.66K
shares

गाईघाटमा आइतबारदेखि खाना मेला (फुड फेस्टिभल) भइरहेको छ । जिल्लाभित्र रहेका विभिन्न जाति तथा जनजातिसँग सम्बद्ध संस्कृति र परम्परागत खानाको परिकारलाई मेला तथा महोत्सवमार्फत बजारीकरण गर्न र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आइतबारबाट महोत्सव शुरु गरिएको जिल्ला होटल व्यवसायी सङ्घ सहयोगी नेवाःपुच उदयपुरले जानकारी दिएको छ ।

जिल्लाको सदरमुकाम गाईघाटमा प्रदेश नं १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियतले उक्त खाना मेलाको औपचारिक उद्घाटन गरे । उक्त १० दिने खाना मेलामा जिल्लाका मुख्य नेवाजाति, दनुवार, थारू, राई, मगर, क्षेत्री, ब्रम्हमणसहित अन्य जातिको परम्परागत र स्थानीय खानाको परिकारहरु प्रदर्शनीमा राखिने भएको नेवाःपुच उदयपुरका सचिव गोपाल श्रेष्ठले बताए ।

उदयपुरको जातजातिको खाना र संस्कृतिको पहिचान गराएर झण्डै ५० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ उक्त महोत्सव शुरु गरिएको आयोजकले जानकारी दिएका छन् ।

उक्त महोत्सवमा जिल्लाका नेवार जातिको लाखे नाच, राईको साकेला चण्डीनाच, थारू जातिको झुम्रा नाच, दनुवार जातिको रामदल नाच, पूर्वेली मगर जातिको हुर्रा नाच, क्षेत्री ब्राम्हणको बालन नाच र रतौली नाचसमेत मेलामा प्रस्तुत गरिने छ ।

यस्तो महोत्सवले जिल्लालाई खाना र संस्कृतिको पहिचानलाई समेत अगाडि बढाएर पर्यटन विकासमा टेवा पुग्ने गाइघाटका समाजसेवी युवराज राई बताउँछन् । मेलामा विभिन्न जातिको खानाको झण्डै ५० स्टल राखिएको आयोजकले बताएको छ । (रासस)