काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंकको लक्ष्य उत्पादनमूलक क्षेत्र, बिनाधितो १५ लाखसम्म ऋण

12.58K
shares

एनएमबी बैंकले उत्पादनमूलक क्षेत्रलाई ७ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंकले विपन्न वर्गका जनतालाई लक्षित गरी ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ कार्यक्रम ल्याएको हो । यसै कार्याविधिलाई टेकेर बैंकले लघु तथा विपन्न वर्ग कर्जा उपलब्ध गराउनेछ ।

बैंकले आठवटा व्यवसायलाई लक्षित गर्दै व्यावसायिक योजनाका आधारमा बिनाधितो अधिकतम १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनेछ । आन्तरिक उत्पादन बढाउन बैंकले आठवटा व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । बैंकले व्यावसायिक कृषि तथा पशुपन्छीका लागि एक जनालाई १० लाख रुपैयाँसम्मको ऋण दिनेछ ।

शिक्षित युवा स्वरोजगारका लागि ७ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजनामा १० लाख रुपैयाँसम्म, दलित समुदायको व्यवसाय विकासका लागि १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख रुपैयाँसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म र महिला उद्यमशीलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउनेछ ।

बैंकले सरकारी कार्यक्रमलाई आफ्नो ऋणको स्किम डिजाइन गरेको हो । बैंकले महिलाको लागि कृषिका लागि आवश्यक पर्नेजति खर्चलार्इ कर्जाको रुपमा उपलब्ध गराउने हिसाबले ‘अग्रणी महिला कृषि कर्जा’ सञ्चालनमा ल्याएको छ । यसका लागि भने धितो आवश्यक पर्छ ।

ऋणका लागि सामान्य व्यावसायिक योजनासहित सामूहिक जमानी आवश्यक पर्ने बैंकले जनाएको छ । बैंकका जुनसुकै शाखा कार्यालयमा गएर ऋणको प्रस्ताव गर्न सकिनेछ ।

यसैगरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले एनएमबी सहारा बचत खाताअन्तर्गत विभिन्न १८ वटा गम्भीर रोग र दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराउने भएको छ ।