काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नक्कली नागरिकता बनाउने धनुषा प्रशासनका तीन कर्मचारी पक्राउ

12.01K
shares

नक्कली नागरिकता, पासपोर्ट बनाउने कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालय धनुषाका थप तीनजना कर्मचारी पक्राउ परेका छन् । धनुषा प्रशासनका सक्कली कागजात आफ्नो घरमे लगेर नक्कली नागरिकता बनाउँदै आएको आरोपमा यसअघि नै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला प्रशासनका एक कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालय धनुषामा नायब सुब्बाका रुपमा कार्यरत भोला मण्डल, कार्यालय सहयोगी वीरेन्द्र चौधरी र अरुण कुमार यादवलाई पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । अनुसन्धान अहिले पनि जारी रहेकाले थप व्यक्तिसमेत पक्राउ पर्नसक्ने प्रहरीले जनाएको छ ।

खासगरी, २०६२/६३ सालको नागरिकता टोलीमार्फत जारी भएको नागरिकताको सक्कली कागजात, छाप, सही अधिकारीको नाम लेखिएको छाप, सक्कली होलोग्रामलगायतका सामान जिल्ला प्रशासन कार्यालयका कर्मचारीकै मिलमतोमा लगेर नक्कली नागरिकता बनाउँदै जारी गर्दै आएकाले सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।