सेयर बजार परिसूचक ५ अंक घट्यो
वि.सं.२०७५ पुस ५ बिहीवार ००:२३
shares

सेयर बजार परिसूचक नेप्से अंकले घटेको छ । विकास बैंक, वित्त, निर्जीवन बिमा र उत्पादनमूलक समूह बढे पनि अन्य सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । बुधबार सेयर बजार ५.४६ अंकले घटेर ११६२.७ अंकमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि ओरालो लाग्यो । बुधबार १५८ कम्पनीको ३८ करोड ७२ लाख रुपैयाँबराबरको १३ लाख २ हजार ८२२ कित्ता सेयर कारोबार भएको छ । यो मंगलबारको तुलनामा १५ करोड कम हो, मंगलबार ५३ करोडको सेयर किनबेच भएको थियो ।
























