काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दाङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो

13.67K
shares

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका-३ राम्री नजिक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १८ पुरुष र चार महिला छन् । सबै मृतकको सनाखत नसकेको दाङ प्रहरीले जनाएको छ । घाइतेको शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । घाइते हुनेमा ११ पुरुष र चार महिला छन् ।

दाङको घोराहीस्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार बसमा ३२ जना विद्यार्थी, दुईजना शिक्षक र तीनजना बसका स्टाफ गरी २७ जना सवार थिए । सल्यानको मूलपानी वनस्पति उद्यान अवलोकन गरेर फर्किने क्रममा विद्यार्थी चढेको बस दुर्घटना भएको हो ।