काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुस २० र २१ गते नेपालगन्जमा फिल्म फेस्टिबल

11.11K
shares

नेपालगञ्जमा दुई दिने फिल्म फेस्टिबल आयोजना हुने भएको छ । अन्तराल र भ्रष्टाचारविरुद्ध कार्यरत संस्था बासको संयुक्त आयोजनामा नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलको दोस्रो संस्करण पुस २० र २१ गते हुने भएको हो । उक्त फेस्टिबलमा चर्चित र गहन विषयका फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिने छ । उक्त अवसरमा डकुमेन्ट्री र चलचित्रसम्बन्धी अन्तत्र्रिmयासमेत आयोजना गरिने आयोजकले जनाएको छ ।

फेस्टिबलमा सहभागी हुन डकुमेन्ट्री तथा फिल्म निर्माता, निर्देशक र कलाकार नेपालगञ्ज पुग्नेछन् । फेस्टिबल डकुमेन्ट्रीका बारेमा केही सिक्न चाहनेका लागि पनि अवसर बन्ने विश्वास गरिएको आयोजकले बताएका छ । दुई दिनसम्म चल्ने फेस्टिबलमा व्यापक सहभागिता र सहयोगका लागि सञ्चारकर्मीलगायत सम्पूर्णलाई आयोजकले आग्रह गरेको छ ।