काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

८० रुपैयाँ विद्युत् महशुल तिर्न दुई हजार खर्च

11.4K
shares

डोटीको दुर्गम स्थानीय तहका वासिन्दा ८० रुपैयाँ विद्युत् महशुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महशुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टाैँ टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ । शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले भने, ‘गाउँमा तीन महिनामा एक पटक विद्युत्को मिटर रिडिङ हुने गरेको छ । ती तीन महीनाको ८० देखि १०० मात्रै बिल उठ्ने गरेको छ ।’

त्यसरी आएको बिलको भुक्तानीका लागि ग्रामीण क्षेत्रबाट पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जानुपर्ने हुँदा दुई हजारभन्दा बढी रकम खर्च हुने गरेको मुडभाराका सेवाग्राही गणेश महराले गुनासो गरे । ‘बिलको रकम कमै हुन्छ, त्यो रकम तिर्न घण्टौँ हिँडेर दिपायल जानुपर्छ, गाडी भाडा ५०० रुपैयाँ र होटेलमा बास बसेको खाना खाएको गरी कूल दुई हजारभन्दा बढी रकम खर्च हुने गर्दछ,’ उनले भने, ‘एकै दिनमा विद्युतको बिल भुक्तानी गर्न नसकिने र पालो कुर्नुपर्ने अवस्थाका कारण सेवाग्राहीलाई झनै समस्या हुने गरेको छ ।’

जिल्लाका ग्रामीण क्षेत्र कपल्लेकी, मुडभारा, सानागाउँ, गोपघाटलागयत क्षेत्रमा विगतमा विद्युत् महसुल बुझाउने काउण्टर खोलिएका भए पनि विद्युत् कार्यालयले कमचारी अभाव भएको भन्दै सबै काउण्टर दिपायल र सिलगढी सारेपछि सेवाग्राहीलाई समस्या भएको हो । दिपायलस्थित सवस्टेसन प्रमुख भरत द्वारीयाले कर्मचारी अभाव भएकाले गाउँमा भएका काउण्टर दिपायल तथा सिलगढी सार्नुपरेको बताए ।(रासस)