काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’

12.6K
shares

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । ‘नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म आयोजना गर्दैछौं । हामी यसको अन्तिम तयारीमा छौं । प्रतियोगिता नजिक आइसकेकाले स्वाभाविक रुपमा व्यस्त नै छौं,’ उनले भने ।

‘मुम्बईबाट क्युरेटर मगाएर चार स्थानमा पिच गरिसकेका छौं । कीर्तिपुरबाट ग्राउण्ड स्टाफ लगेर आउटफिल्डको काम पनि अन्तिम चरणमा पुर्याएका छौं । दर्शकका लागि अस्थायी प्यारापिट निर्माण पनि अन्तिम अवस्थामा पुर्याएका छौं । प्लेयर बक्स, मिडिया बक्स, भिआइपी बक्सलगायत निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ,’ निर्देशक लामाले भने ।

पोखरा रङ्गशालाबाट माच्छापुच्छ«े र अन्नपूर्ण शृङ्खला स्पष्ट देखिन्छ । पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वमै पोखरा बारे राम्रो सन्देश जन्छ । यसले गर्दा सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ । क्रिकेट लिगले खेलाडीको व्यावसायिकतासँगै पोखराको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ ।

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिएको छ । पिपिएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरेको निर्देशक लामाको भनाइ छ ।

यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्वमा पूर्व क्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयरमा सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्वमा रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोलीे छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् । पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेली सहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन् । एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन् । हुलास काठमाडौं रोयल्सको टोली स्वामित्वमा राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयरमा ज्ञानेन्द्र मल्ल छन् ।

प्रतियोगितको विजेताले २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैंकिङ पार्टनर नविल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् । रासस ।