काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदूरपश्चिम : ९ दिनमा ७ दुर्घटना, ७ जनाको मृत्यु

15.81K
shares

यस वर्षको बडादसैंमा कैलाली कञ्चनपुर र बझाङमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । तीन जिल्लामा भएका ७ वटा सवारी दुर्घटनामा ५ जना गम्भीर घाईते भएका छन् ।

विजयादशमीकै दिन मात्रै ३ जनाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । यस वर्षको वडादसैं अन्तर्गत घटस्थापनादेखि विजयदाशमीका दिनसम्म भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

कैलाली कञ्चनपुर र वझाङमा भएका सवारी दुर्घटनामा ५ जना गम्भीर घाईते भएका छन् । ७ वटा सवारी दुर्घटनामा ६ पुरुष र एक महिलाले ज्यान गुमाउँदा सबैभन्दा बढी ६ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् ।

चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी चलाउन गरेका कारण सवारी दुर्घटना बढेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए ।

यो अवधिमा सबैभन्दा बढी कैलालीमा भएका सवारी दुर्घटनामा ५ जनाको जनाको ज्यान गएको छ । कार्तिक २ गते लम्कीमा भएको मोटरसाईकलमा एक जना घाईते भए । सोही दिन गोदावरी नगरपालिकमा मोटरसाईकल पल्टिँदा दिपक भण्डारीको मृत्यु भयो भने बझाङमा पनि टिका जमरा लगाउने मुख्य दिनमै बुंगल नगरपालिमा ट्याक्टर दुर्घटनामा चालक प्रकाश कुँवरको मुत्यु र दुई जना घाईते भए ।

विजयादशमीकै दिन धनगढी १३ गेटामा मोटरसाईकल दुर्घटना हुँदा २४ वर्षीय चालक सागर चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गयो ।

नवमीका दिन कञ्चनपुरको वेदकोट नगरपालिका मोटरसाईकल दुर्घटना हुँदा जगत रानाको मृत्यु भयो भने दुई जना घाईते भए । यस्तै गत असोज २६ गते कैलालीको जानकी गाउँपालिकामा मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री मिना बमको मृत्यु भयो । घटस्थापनाकै दोस्रो दिन गोदावरीको वनखेतमा वस र मोटरसाईकल ठोक्किँदा हेमन्त साउँद र विक्रम खड्काको मृत्यु भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ ।

तर साना दुर्घटना र सामान्य घाईते भएका दुर्घटनाको बारेमा जानकारी नआएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक टेकवहादुर जोराको भनाई छ ।

विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । त्यसमा पनि ठुला सवारीभन्दा मोटरसाईकल दुर्घटना नै बढी रहेका छन् । त्यसैले मोटरसाईकल चलाउँदा विशेष ध्यान दिनुपर्ने र मादक पदार्थ सेवन नगरी सुरक्षित रुपमा चलाउनुपर्ने सुझाव ट्राफिक प्रहरीको रहेको छ ।