काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्थानीय सरकारले दियाे शुक्रबार शाेक बिदा

1.68K
shares

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय नागरिकका प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शुक्रबार एक दिन स्थानीय शोक बिदासमेत दिएको छ ।

गाउँपालिकाले जारी गरेको शोक बिदासम्बन्धी सूचनाअनुसार बिहीबार बिहान मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६, सिचापानी क्षेत्रमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना यात्रुको दुःखद निधन भएको थियो ।

उक्त दुर्घटनामा आफ्ना स्थानीय नागरिक गुमाउनुपरेपछि गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।