काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारले अन्य पार्टीहरूमाथि पनि नियन्त्रण गर्न खोज्यो : महामन्त्री पौडेल

1.53K
shares

ai logo सारांश

  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिहरूमाथि प्रश्न उठाएका छन् ।
  • जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महामन्त्री पौडेलले सरकारले अन्य दलहरूमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।
  • उनले पुराना पार्टीका पुराना नेताहरूजस्तै अहिलेको सरकार पनि कुनै कम नरहेको बताए ।

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिहरूमाथि प्रश्न उठाएका छन् । शुक्रबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महामन्त्री पौडेलले सरकारले अन्य दलहरूमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।

उनले पुराना पार्टीका पुराना नेताहरूजस्तै अहिलेको सरकार पनि कुनै कम नरहेको बताए । आफ्नो पार्टीमा मात्र नभई सरकारले अर्को पार्टीहरूमा कसलाई सभापति बनाउने, कसको पार्टी फुटाई दिने, कसलाई के दोष लगाइदिने जस्ता कार्यहरूमा केन्द्रित भएको महामन्त्री पौडेलले आरोप लगाएका छन् । आफ्नो पार्टीमा प्रश्न उठाउनेहरूलाई कसरी कमजोर बनाउने धन्दामा सरकार नेतृत्वको पार्टी लागि परेको पौडेलको भनाई छ ।

महामन्त्री पौडेलले रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुप-यो ? भनेर प्रश्न गरेका छन् । सरकारले गुटबन्दीको राजनिति सुरु गर्न खोजेको आभास भएको महामन्त्री पौडेलको भनाई छ । विगतमा राज्य सत्ता कब्जा गरेर शासन गर्न खोजेजस्तै अहिले पनि उही किसिमको कार्य भइरहेकोले पहिलेको सरकार र अहिलेको सरकारमा कुनै फरक नरहेको उनको भनाई छ ।

महामन्त्री पोडेलका अनुसार रास्वपा नेतृत्वको सरकारसँग प्रश्नहरूको सामना गर्ने क्षमता छैन । सरकारको गतिविधिले नेपालको लोकतन्त्रलाई समाप्त पार्ने महामन्त्री पौडेलको भनाई छ । जनताको अपेक्षा विपरीत सरकारले कार्य गरिरहेको उनले बताए । दुई तिहाइ बहुमत प्राप्त भएर बनेको सरकारलाई अझै के चाहिएको छ ? भनेर महामन्त्री पौडेलले प्रश्न गरेका छन् ।

कांग्रस पश्न गर्ने पार्टी भएकोले सरकारले काङ्ग्रेसमाथि प्रश्न नगरोस् भनेर सरकारले अनेकौँ प्रपञ्च गरिरहेको महामन्त्री पौडलले बताए । विधिको शासन र कानुनी राज्य रहेसम्म निर्दोषीलाई दोषी बनाउन नसकिने पौडेलको भनाई छ ।