काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री ओलीले अस्पतालबाटै सुरु गरे काम

8.99K
shares

उपचाररत प्रधानमन्त्री केपी ओलीले अस्पतालबाटै काम सुरु गरेका छन् । शिक्षण अस्पतालमा उपचार गराइ रहेका प्रधानमन्त्री ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा काम सुरु गरेका हुन् ।बुधबार उनले अस्पतालमै रक्षा, गृह र ऊर्जामन्त्रीसँग बैठक गरेर काम सुरु गरेका हुन् । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सक अरुण सायमीले बताए । प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको जनाएको छ ।

प्रधानमन्त्री ओली थप एक दिन अस्पतालमौ रहने भएका छन् । प्रधानमन्त्रीले डिस्चार्जका लागि आग्रह गरे पनि अस्पतालले नमानेकोले थप एक दिन अस्पतालमै रहने भएका हुन् । निवास लैजाँदा हुने सम्भावित संक्रमणलाई लिएर चिकित्सकले अस्पतालमै रहन सुझाव दिएको प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले बताए ।

‘प्रधानमन्त्री ओलीको स्वास्थ्य थप सुधार भएपनि, संक्रमणको खतराबाट बच्न उहाँलार्ई अझै एक दिन अस्पतालै राखिने भएको छ,’ मैनालीले भने । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । छातीमा इन्फेक्सन तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि भर्ना गरिएको हो ।