काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमईको ‘दशैंमा बिस लाख’ योजनाको पहिलो विजेता घोषणा

13.61K
shares

रेमिट्यान्स सेवाप्रदायक कम्पनी आईएमईले दशैं, दीपावली र छठ पर्वलाई लक्षित गरी ल्याएको सेवाग्राहीमुखी प्रवर्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । क्योदाइ रेमिट्यान्स जापानबाट नेपालमा आईएमई गर्ने नेत्रबहादुर मल्ल सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । मल्लले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् । उपहार रकम विजेता नेत्रबहादुर मल्लको सिफारिसमा रीता सुनुवारलाई हस्तान्तरण गरिएको छ ।

आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा प्रमुख सञ्चालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिति थियो ।

असोज ७ गतेदेखि सुरु भई मंसिर मसान्तसम्म लागू हुने सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राही विजेता घोषित भइसकेका छन् । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्धतिमा लिंक गरी ‘लक्की ड्र’ बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’ मार्फत एक हजारको बिल भुक्तानी, हरेक हप्ता एकजनालाई १०,००० नगद, हरेक महिना एकजनालाई १ लाख नगद तथा बम्परमा एकजनालाई २० लाख नगद प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आईएमईले स्थापनाको १८औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी एक सय ८४ आईएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ ।