काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौंको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम’

12.37K
shares

काठमाडाैं महानगरपालिकाले शनिबारदेखि महानगरलाई धुुलोधुवाँबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरु गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलोधुवाँबाट मुक्त गराउने बताए । उनले यसअघि विभिन्न संघ–सस्थाले अलगअलग रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएकाले अव सामूहिक प्रयत्नबाट काठमाडौँलाई सफा र सुन्दर राख्ने बताए ।

प्रमुख शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट सुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गलसम्म पुगेको थियो । उक्त कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, काठमाडाँै उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले अब हरेक शनिबार महानगरले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने बताए । सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवद्र्धन गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत्का तार तथा पोलको व्यवस्थापन गर्ने, खानेपानीका पाइप व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापनसमेत गर्ने भएको छ ।
(रासस)