काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्थानीय निर्वाचनमा ताइवानी राष्ट्रपतिको दल पराजित

13.04K
shares

ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ ।

राष्ट्रपति साइले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गरेकी छन् । उनले अकस्मात गरेको राजिनामाको घोषणा सार्वजनिक गर्दै सञ्चारकर्मीसँग भनिन् ‘मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै राजिनामा दिएको छु ।’

‘हाम्रो प्रयास प्रयाप्त हुन नसकेका कारण पराजय भएको छ । दललाई सफल बनाउन हामीसँगै संघर्ष गरेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै दललाई सफल पार्न नसकेकोमा म क्षमायाचना गर्दछु,’ साइले भनिन् ।