नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी
वि.सं.२०७५ पुस २३ सोमवार १२:५३
shares

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारीलाई नियुक्त गरेको हो ।
यसअघि, सञ्चार सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बनेको सिफरिस समितिले अधिकारीसहित टेलिकमकै संगीता पहारी र बुद्धिप्रसाद आचार्यलाई सिफारिस गरेको थियो । नवनियुक्त अधिकारी टेलिकमकै दशौंतहका कमचारी हुन् ।
अधिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा इन्जिनियरिङ गरेका छन् भने इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ डिस्ट्रिक्ट विषयमा एमएस्ससी गरेका छन् ।
१५ वर्षभन्दा बढी टेलिकममा बिताइसकेका अधिकारीले टेलिकमकै फोरजी मोबाइल ब्रोडब्याण्ड, इन्टरकनेक्सन, ब्याकबोन ट्रान्समिसन नेटवर्कलगायतका क्षेत्रमा अनुभव हासिल गरेका छन् ।

























