सेयर बजार बढ्यो
वि.सं.२०७५ पुस २३ सोमवार २१:२०
shares

सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । गत साताका पाँचै दिन र यो साताको पहिलो दिन आइतबार लगातार घटेको बजार सोमबार बढेको हो । उत्पादनमूलक र अन्य बाहेकका सबै समूह उकालो लगेपछि समग्र बजार परिसूचक ६.६७ अंकले बढेर ११७७.४६ अंकमा पुगेको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूह १.५४, निर्जीवन बिमा समूह १.४८ र होटल समूह १.०३ प्रतिशतले बढेको छ । बैंक, विकास बैंक, जलविद्युत, वित्त र लघुवित्त समूह पनि बढेका छन् । नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । सोमबार १४८ कम्पनीको ३० लाख १९ हजार रुपैयाँबराबरको ९ लाख १४ हजार २३९ कित्ता सेयर किनबेच भएको छ । आइतबारको तुलनामा यो रकम करिब ८४ लाख कम हो । आइतबार ३१ करोड ३ लाखको सेयर कारोबार भएको थियो ।

























