काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाँचतारे होटेल र्याडिसनका अध्यक्ष श्रेष्ठको निधन

12.12K
shares

काठमाडौंको लाजिम्पाटमा रहेको फाईभ स्टार होटेल र्याडिसनका अध्यक्ष एवं पर्यटन व्यवसायी गोविन्ददास श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ । भारत मुम्बईस्थित लिलावती अस्पतालमा बुधबार विहान उपचारका क्रममा श्रेष्ठका निधन भएको होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ ।

हानका सक्रिय सदस्य श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन् । दुई दशकअघि र्याडिसन स्थापना हुँदादेखि नै श्रेष्ठ अध्यक्ष भएर काम गरिरहेका थिए । हानका अध्यक्ष अमरमान श्रेष्ठले गोविन्ददास श्रेष्ठको निधनबाट मुलुकको पर्यटन तथा होटल उद्योगमा अपूरणीय क्षति पुगेको बताए ।