काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेक्सिकोको सीमामा पर्खाल बनाउन ट्रम्पले मागे फन्ड

14.57K
shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउनका लागि फन्डको माग गरेका छन् । उनले भने, ‘बढ्दो मानवीय र सुरक्षा संकटलाई रोक्नका लागि पर्खाल जरुरी छ ।’

टेलिभिजनमा आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गरेनन् । यसअघि उनले संसदले पर्खाल बनाउने आफ्नो प्रस्तावमा सहमति नदिए देशमा संकटकाल लागू गर्ने धम्की दिएका थिए ।

डोमोक्र्याट सांसदले पर्खाल बनाउने प्रस्तावको विरोध गर्दै आएका छन् । उनीहरुले देशको सरकारी बजेटबाट पर्खाल बनाउनका लागि पाँच अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमति दिन अस्वीकार गरेका थिए ।

ट्रम्पको यो कदमलाई पर्खाल बनाउन सरकारलाई जरुरी धन जारी गर्नका लागि विपक्षीमाथि दबाब बढाउने रणनीतिका रुपमा हेरिएको छ । ट्रम्पले सरकारको आंशिक कामकाज बन्द गर्नका लागि पनि आफू तयार रहेको बताएका थिए । अमेरिकामा कर्मचारीले काम ठप्प पारेको तीन हप्ता भइसकेको छ । संघीय सरकारका लगभग आठ लाख कर्मचारी २२ डिसेम्बरबाट वेतनबिना काम गरिरहेका छन् ।

मंगलबार राति टिभीमा आठ मिनेटको सम्बोधनमा ट्रम्पले भने, ‘सरकारी काम रोकिनुमा डेमोक्र्याट्स जिम्मेवार छन् ।’