काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री रोजगार कार्यक्रम पोखरामा

17.89K
shares

सरकारले केही वर्ष अघि युवा स्वरोजगार जस्ता कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेन । त्यसो त उक्त कार्यक्रमले देशमा कति युवा रोजगार र कति बेरोजगार भन्ने जस्ता तथ्यांक समेत दिन नसक्दा पछि सरकारले कस्ता कार्यक्रम ल्याउँदा राम्रो हुन्छ भन्ने अझै अन्यौल छ ।

यद्यपी अझै पनि दैनिक जसो एक हजार भन्दा बढी युवा विदेश गइरहेका छन् । राज्यले यहाँको जनशक्तिलाई परिचालन गर्न सकेको छैन । ढिलै भए पनि राज्यले ३ अर्बको बजेट विनियोजन गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउँदै युवा शक्तिलाई परिचालन तथा बेरोजगारीलाई भत्ताको व्याबस्था गर्ने चाजोपाँचो मिलाउदैछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बिहिबारदेखि पोखरामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश र स्थानीय तहहरुसँगको अतर्क्रिया सुरु भएको छ । उक्त कार्यक्रममा मन्त्रालयका सहसचिव प्रकाश दाहालले विद्यमान बेरोजगार समस्याको पहिचान र समाधानको लागि मन्त्रालय लागीपरेको बताए । उनले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनासँगै ७ सय ५३ जना फोकल पर्सनको रुपमा रोजगार संयोजक छनोट तयारी गरेको बताए ।

‘देशमा हामीसँग यकिन कति जना रोजगार र कति जना बेरोजागर छन् भनेर त्यसको कुनै यकिन तथ्यांक छैन सबै हचुवाको भरमा भन्दै आएका छौं, तर यसको तथ्यांक हामीले राख्ने प्रयास गरेको छौं,’ उनले भने ।

अनलाईनबाट आवेदन माग गरी कम्प्युटर स्किल अनलाईनमार्फत उनीहरुको योग्यता र क्षमातको आधारमा एक वर्षको लागि छनोट गरिने भएको दाहाले बताए । फास्टट्रयाकबाट आफूहरुले स्थानीय तहमा डेढ महिना भित्र रोजगार संयोजक नियुक्ति गरी बेरोजगार समस्या पहिचान र तथ्यांक संकलन गर्ने काममा लागेको उनले जनाए ।

सरकारले कुनै आयोजना तथा कुनै निजी कम्पनीलाई आवश्यक पर्ने जनशक्ति दिन पनि यस्तो कार्यक्रम आवश्यक भएको बताउँदै सहसचिव दाहालले सरकारले खटाएको स्थानमा बेरोजगार युवा शक्ति परिचालन गर्ने योजना रहेको जानकारी दिए । ‘यदि कुनै निजी कम्पनीले योग्यता खुलाएर माग गरेको खण्डमा हामीले त्यसको आधारमा दिन पनि सक्छौं अन्यथा माग अनुसार हामीले जनशक्ति खटाउने हो, खटाएको स्थानमा गएर काम गरे त्यही अनुसारको तलब भत्ता हुन्छ, अन्यथा हुदैन ।’ श्रम शक्ति परिचालनको हकमा पहिलो प्रथामिकता विदेशी भन्दा स्थानीय त्यसपछि नेपालीलाई दिने भएको उनले बताए ।

सरकारले विभिन्न तालिम तथा विशेष तालिम दिने जसबाट युवाहरुलाई स्वरोजगार र सहुलियतमा ऋण उपलब्ध गराउने भएको सहसचिव दाहालले बताए । घर पायक पर्ने गरी बेरोजगार १८ देखि ५९ वर्ष मुनिका उमेर समूहलाई सरकारले काम गर्ने ठाँउको निर्धारण गर्ने भएको छ ।

बेरोजगारी तथा बेरोजगार घर परिवारको लागि सरकारले एक सय दिनको ग्यारेन्टी लिने भएको छ । यदि बेरोजगार भएकाहरुलाई सरकारले काम दिन नसके कम्तिमा एक सय दिनको ५० प्रतिशत श्रम गरे अनुसारको आर्थिक सहयोग उपलब्ध गराउने छ ।

निर्वाह भत्ता अन्तर्गत एक दिनको ५ सय १७ को दरले ५० दिनको २५ हजार ८ सय ५० रुपैयाँ बेरोजगार भत्ता पाउनेछन् । एक सय दिन बराबर कुनै व्यक्ति तथा परिवारका एक सदस्यले पनि रोजगार नपाएको सामाजिक सेवा सुविधा लगायका नेपाल सरकारको फन्डबाट वा अन्य कुनै किसिमको फन्डबाट सुविधा नलिएको पुष्टि भएमा त्यस्ता व्यक्तिको लागि मात्र भत्ताको व्यावस्था गरिने भएको दाहालले जनाए । कुनै परिवारका सदस्यको आयस्रोत पनि नभएको र काम गर्न सक्ने अबस्था समेत नभएकाको लागि राज्यले हेर्ने भएको छ ।

सरकारले पहिलो पटक ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ३ अर्ब बजेट विनियोजना भएको उनले बताए । जुन रकमबाट बेरोजगार भत्ता, निर्वाह भत्ता, स्वोरोजगार र प्रशासनिक खर्च हुने भएको छ । १० करोड रुपैयाँ प्रशासनिक खर्च हुने भएको सहसचिव दाहालले बताए ।