काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कृषि बिमा कसरी गर्ने ? के फाइदा छ ?

70.18K
shares

हामी कृषि प्रधान मुलुकका नागरिक हौं । धेरैजसो गाउँमै बसोबास गर्छौं । गाउँको मुख्य पेशा भनेकै कृषि हो । त्यसैले कृषकलाई केन्द्रित गरी कृषि बिमा ल्याइएको छ । कृषि बिमा गर्न डेढ दर्जनभन्दा बढी कम्पनीले अनुमति लिएका छन् । ती मध्ये आफूलाई पायक पर्ने कुनै पनि कम्पनीका अभिकर्ता वा सिधै कम्पनीको कार्यालयमा गई आफूले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनु पर्छ । उक्त कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आईसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली बिमा गरिदिन्छन् ।

कृषि बिमामा के पर्छन् ?
–पशुधन बिमा
–पन्छी बिमा
–धानबाली बिमा
–आलुबाली बिमा
–फलफूल बाली बिमा
–माछा बिमा
–च्याउ बिमा
–अष्ट्रिच बिमा
–मौरी बिमा
(कम्पनीअनुसार यस्तो प्याकेज थपघट हुन सक्छ)

 

क्षतिपूर्ति कति पाइन्छ ?
-पशुधन मृत्यु भएमा बिमांकको ९० प्रतिशत
-पशुधन पूर्णरुपले स्थायी रुपमा अशतm भएमा बिमाड्ढको ५० प्रतिशत

 

बिमाले के–कस्ता जोखिम रक्षावरण गर्छ ?
आगलागी, बाढी, डुबान, भूकम्प, खडेरी, पहिरो÷भूस्खलन, असिना, आंधी बेहरी, हिउँ वा तुषारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु, रोग तथा कीरा बाट हुने हानी नोक्सानी , विभिन्न जोखिमबाट हुने नोक्सानी ।

 

पशुपन्छी तथा बाली बिमा कसरी गरिन्छ ?
पशु पन्छी तथा बाली बिमा गराउन चाहने बीमितले कम्पनीले उपलब्ध गराएको पशुपन्छी तथा बाली बिमा प्रस्ताव फारम पूर्णरुपले भरी बाली र पशुपन्छीको विवरण पूरा खोल्नुपर्छ । साथै पशुपन्छी स्वास्थ्य विवरण सम्बन्धित पशु चिकित्सक÷प्राविधिक÷कृषि प्राविधिकबाट भराउनु पर्छ । सो पशु पहिचानको लागि चिकित्सक वा प्राविधिकबाट संकेत पट्टा लगाई सो को नम्बर पनि बिमा प्रस्ताव फाराममा उल्लेख गर्नुपर्छ ।

 

कति अवधिका लागि बीमा हुन्छ ?
बिमा कम्पनीको नियमअनुसार फरक पर्न सक्छ ।
–पशुधनमा एक वर्ष
–पंन्छी छोटो अवधि एक ब्याच वा एक वर्ष
–बालीमा एक बाली अवधि भर वा बढीमा एक वर्ष

 

बीमित पशु भन्नाले के के पर्दछन् ?
यस अन्र्तगत दुध, मासू, ब्रिडिङ, पशू श्रम, उन उत्पादनका लागि पालिने पशुहरु (गाई, गोरु, भैंसी, रांगो, चौरी, याक, भेडा, च्याङग्रा, बाख्रा, खसी, बंगूर, घोडा, गधा, खच्चड आदी) पर्दछन् ।

 

कति खर्च लाग्छ ?
कृषि बिमाको क्षेत्रमा जति बिमाशुल्क लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण सहज भएको छ । त्यसको मूल्यांकन पनि हुन्छ । सामान्यतयाः किसानले यसवापत त्यसको ५ प्रतिशत प्रिमियम तिर्नुपर्छ । जसअनुसार एक लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तुको बिमा गर्दा किसानले पाँच हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । पाँच हजार बीमाशुल्क मध्ये ३७ सय ५० रुपैयाँ सरकारले अनुदान दिन्छ भने १२ सय ५० रुपैयाँ किसान आफैंले बेहोर्नुपर्छ । एक लाख रुपैयाँको बिमा गराउने एजेन्टले बिमा शुल्क (पाँच हजार) को १५ प्रतिशत अर्थात ७ सय ५० रुपैयाँ कमिसन पाउँछ । एजेन्टले पाउने ७ सय ५० कमिशनमा मध्ये ५ सय ६२ रुपैयाँ ५० पैसा सरकारले अनुदान दिन्छ । किसानले भने १ सय ८७ रुपैयाँ मात्रै एजेन्ट कमिनि बेहोरे पुग्ने व्यवस्था छ ।

 

बुँदामा हेर्नुहोस् :
पशुका लागि : बिमाड्ढको ५५ (३.७५५ अनुदान सरकारले दिने)
पन्छीमा प्रतिवर्ष : बिमाड्ढको ५५ (३.७५५ अनुदान सरकारले दिने)
पन्छीमा प्रतिब्याच : बिमाड्ढको १.२५५ (०.९३७५५ अनुदान सरकारले दिने)
बालीमा : प्रतिबाली लागत मूल्यको ५५ (३.७५५अनुदान सरकारले दिने)
माछामा : बिमाड्ढको २५ (१.५५ अनुदान सरकारले दिने)
च्याउ बिमा : बिमाड्ढको ५५ (३.७५५ अनुदान सरकारले दिने)
अष्ट्रिच बिमा : बिमाड्ढको २५ (१.५५ अनुदान सरकारले दिने)
मौरी बिमा : बिमाड्ढको ५५ (३.७५५ अनुदान सरकारले दिने)

 

बिमा गर्न कहाँ सम्पर्क गर्ने ?
बीमाको लागि नजिकैको बिमा कम्पनी वा अभिकर्ता, समूह÷सदस्य संस्थाहरुसँग सम्र्पक गर्न सकिन्छ ।

 

कति उमेरको पशु बीमा गरिन्छ ?
स्थानीय तथा उन्नत नश्लको गाई सामान्यतया दुई वर्ष (पहिलो वेत भएको) देखी दस वर्षसम्म
भैसी : तीन वर्ष अथवा (पहिलो वेत भएको) देखी १२ वर्षसम्म
स्थानीय तथा उन्नत नश्लको बाछी कोरली वा पाडी : ६ महिनादेखि दुई वर्षसम्म
प्रजननको लागि उन्नत नश्लकोे साँढे वा राँगो : तीन वर्षदेखि १२ वर्षसम्म
भेँडा, बाख्रा, बंगूर : तीन महिनादेखि बिक्रीका लागि तयार हुँदासम्म

 

बिमा गरिएको पशुपन्छी वा बाली बेच्नुपरेमा के गर्ने ?
बिमा गरेको पशुपन्छी वा बाली बेच्नुपरेमा बेच्नुअघि बिमा कम्पनीलाई जानकारी गराई बिमा रद्द गरेमा ८ महिनासम्म बीमालेखमा उल्लेखित प्रतिशतका हिसाबले कटाई बाँकी बिमा शूल्क फिर्ता पनि पाइन्छ । तर, दाबी परिसकेको हकमा भने फिर्ता हुँदैन ।

 

कति दिनभित्र क्षतिपुर्ति पाइन्छ ?
पशुपन्छी वा बाली नोक्सान भएको तीन दिनभित्र कृषकले बिमा अभिकर्ता, कृषक समूह÷ सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनुपर्छ । १५ दिनभित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जमिन मूचूल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिनाभित्र क्षतिपूर्ति पाउन सकिन्छ । बिमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनुपर्छ । नभए क्षतिपूर्ति पाईँदैन ।

 

बिमालेख के–के कारणले रद्द हुन सक्छ ?
बीमित पशुपन्छी वा बालीको सम्बन्धमा लुकाइ छिपाइ झूटा विवरण दिइएको पाइएमा रद्द हुन्छ ।
बिमकलाई जानकारी नदिई अवधि समाप्त नहुँदै पशुपन्छी वा बाली बिक्री गरेमा वा अन्य कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा बीमालेख स्वतः रद्द हुन्छ ।
बीमित पशुपन्छी वा बाली कुनै वित्तिय संस्थाबाट ऋणमा लिएको अवस्थामा उक्त ऋण चुक्ता भई बीमित पशुपन्छी वा बाली बिक्री भएको अवस्थामा बिमालेख स्वतः रद्द हुन्छ ।

 

कस्तो अवस्थामा बीमित पशुपन्छी वा बालीको दाबी लाग्दैन ?
-बीमित पशुपन्छी वा बाली हराएमा वा चोरी भएमा ।
-निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा ।
-बीमित पशुपन्छी वा बालीको बिमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको सता दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बिमाशुल्क प्राप्त नभएमा ।
-बीमित पशुपन्छी वा बालीको शरीरमा लगाई राखिएको संकेत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा ।
-बीमित पशुपन्छी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बिमक वा तोकिएको संस्थालाई नगराएमा ।
-चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५÷६ किलोमिटर भन्दा बढीको दूरीमा दुर्घटना भएमा ।
-बिमकको सहमतिबिन पशुपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सोबाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
-पन्छीमा बर्डफ्लू भएमा ।